६ चैत्र २०७२, शनिबार

काठमाडौँ-  तपाईलाई फाइभ स्टार होटल,फाइभ स्टार स्कूल र फाइभ स्टार अस्पतालका बारेमा त थाहै होला । तर फाइभ स्टार जेलको बारेमा भने कमैलाई मात्र थाहा होला । तर संसारकै एक मात्र फाइभ स्टार जेलका बारेमा भने कमैले मात्र सुन्नुभएको होला । यो फाइभ स्टार जेल अष्ट्रियामा अवस्थित छ ।prison_03

‘जस्टिस सेंटर लियोबेन’ नाम दिइएको यो जेललाई चर्चित  आर्किटेक्ट जोसेफ होहेंसिन्नले डिजÞाइन गरेका हुन् । अष्ट्रियाको पहाडी क्षेत्र लियोबेनमा रहेको यो जेलको निर्माण सन् २००५ मा गरिएको थियो ।

यो फाइभ स्टार जेलमा २०५ जना कैदी बस्न मिल्ने क्षमता छ । यो जेलमा कैदीहरुका लागि आवश्यक ती सबै सुविधाहरु उपलब्ध छन्,जुन समयको मागका रुपमा रहेका छन् । जस्तो  स्पा, जीम, विभिन्न प्रकारका इन्डोर गेम तथा व्यक्तिगत रुचीका थुप्रै सेवा र सुविधाहरु यहाँ उपलब्ध छन् ।

अर्को रोचक कुरा यहाँ बस्ने कैदीहरुलाई थुनुवाका रुपमा बस्नुपर्ने वाध्यता छैन । किनभने यहाँ व्यक्तिको स्वतन्त्र अधिकारलाई निकै सम्मान गरिन्छ । त्यसैले यहाँका कैदीहरुलाई १३ जनासम्म एकै ठाउँमा जम्मा भएर बस्न छुट छ । अर्थात यहाँ कैदीहरुले कुनै खेल खेल्न चाहे साथी मात्र होइन दर्शक समेत उपलब्ध गराइन्छ ।

यस्तै आफ्नो कोठा अर्थात सेल अरुसँग शेयर पनि गर्न सकिने व्यवस्था मिलाइएको छ । यहाँका कैदीहरुलाई राख्ने सेल अर्थात कोठा पनि अरु भन्दा निकै भिन्न छ । प्रत्येक सेलमा बाथरुम,एउटा किचन,टिभी सहितको वैठक कोठाको समेत व्यवस्था छ । छुटाउँनै नमिल्ने कुरा के हो भने कैदीहरुलाई आफूलाई भेट्न आउँने आफ्नो श्रीमति वा गर्ल फ्रेण्डसँग छुट्टै बस्न समेत छुट दिइएको छ । तर त्यसको सीमा र शर्त भने छन् । कोठामा एउटा ठूलो आकारको झ्याल सहितको कौशी पनि रहेको छ । उक्त बाल्कोनीबाट बाहिरका दृश्यहरु सजिलै देख्न सकिन्छ ।

कैदीहरुलाई जेलको परिषरभित्र जहाँसुकै घुम्न छुट छ । त्यसैले साँझ र विहान घुम्न निस्कने कैदीहरुको उल्लेख्य संख्या हुने गरेका छन् ।

स्वतन्त्रतालाई आदर्श मान्ने  यो फाइभ स्टार जेलको परिषरमा दुई वटा ठूला ठूला शिलालेखहरु राखिएका छन् । त्यसमा व्यक्तिको स्वतन्त्रता र जिउँने अधिकारका बारेमा उद्गारहरु लेखिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV