६ चैत्र २०७२, शनिबार

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणप्रति आम चासो, दीर्घकालीन फाइदा हुने समझदारीहरु भ्रमणको एजेण्डा नै बनेनन्, आर्थिक मुद्दामा तयारी पुगेन

Kp-oli-1

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको आईतवारवाट हुने चीन भ्रमणप्रति आम जनताले सुक्ष्मरुपमा निगरानी गरिरहेका छन् । नेपालले बलिया छिमेकी मुलुकहरुवाट यथोजित लाभ लिन मात्रै होईन सन्तुलित सम्वन्ध विकास गर्न नसकेको गुनासोका बीच प्रधानमन्त्रीको चीन भ्रमण तय भएको छ । प्रधानमन्त्रीका चीन भ्रमणका एजेन्डा हेर्दापनि गहन अध्यनवाट तयारी गरिएजस्तो लाग्दैनन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा इन्धन, पारवहन र उर्जाको सम्वन्धमा ठोस सम्झौता हुने धेरैले अपेक्षा गरेका थिए । भारतीय नाकाबन्दीले अस्तव्यस्त नेपाली जनजीवन, अर्थतन्त्र र भूराजनीतिक सन्तुलनलाई राम्रोसंग अनुभव गरेका प्रधानमन्त्री ओलीले चीन भ्रमणका लागि तय गरेका एजेन्डाहरु अध्ययन गर्दा धेरै अपेक्षा गर्नु बेकार देखिएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डाहरु केलाउदा राष्ट्रिय हित अनुकुल दीर्घकालीनरुपमा फाईदा हुने गरी समझदारी गरिने विषयहरु छैनन् भन्दा पनि हुन्छ । अन्र्तराष्ट्रिय सम्वन्धमा छलफल गरिने र समझदारी हुने विषयहरु बीच तयारी, अध्यन र गम्भिरताको दृष्टिकोणवाट अत्याधिक भिन्नता हुने कुटनीतिक मामिलाका जानकारहरु बताउँछन् । चीनवाट नेपालले सन्तुलित सम्वन्ध विकास गर्दै आफ्नो लाभको लागि सदूपयोग गर्ने यस्तो समय इतिहासमै विरलै आउने जानकारहरु बताउँछन् ।

चीनसंग सम्वन्ध सुदृढिकरणलाई नै बढ्ता जोड दिनु पर्ने र मगन्ते शैली उचित नभएको भन्ने एकथरीको तर्क रहदैं आएको छ । तर अहिले विश्वमा कुन मुलुक होला अन्य देशहरुको कुनै पनि किसिमको सहयोग विना उन्नती गरेका होस् । अमेरिका, बेलायत जस्ता देशहरुको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ ।

त्यसकारणले चीन भ्रमणको सन्र्दभमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक उन्नतीको लागि जे जस्ता मुद्दाहरु उठान गर्नु पर्ने थियो त्यसवारेमा पटक्कै तयारी भएको पाइएन । चीनले पटक पटक स्पष्ट एजेन्डासहित प्रस्तुत भए पूर्ण सहयोग रहने बताईरहेका बेला नेपालको तर्फवाट अवसरको उपयोग गर्ने छाँटकाँट आमजनताले देखेका छैनन् । कतै प्रधानमन्त्री ओलीको चीन भ्रमण भारत भ्रमण जस्तै कर्मकाण्डी हुने त होईन भन्ने आशंका पछिल्लो पटक व्याप्त छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV