६ चैत्र २०७२, शनिबार

काठमाडौँ-  सामान्य प्रशासन मन्त्री रेखा शर्माले नेपालको नयाँ संविधानमा महिलाको पक्षमा उल्लेख्य प्रगति भएको दावी गर्नुभएको छ । मन्त्री शर्माले लैङिगक विभेद न्यून भए पनि निर्मुल हुन नसकेको र यसलाई निर्मुल गर्न सबैको सहयोग र सद्भाव आवश्यक रहेको बताउनुभयो ।

rekha shrma

१०६ औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय नागरिक विकास समाजले  काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री शर्माले विगतमा नेपालमा भएका सम्पूर्ण राजनीतिक परिवर्तनमा कुनै न कुनै रुपमा महिलाको सहभागीता महत्वपूर्ण रहेको वताउनुभयो । साथै मन्त्री शर्माले महत्वपूर्ण जिम्मेवारी सहित नेतृत्वदायी भुमिकामा रहेको महिलालाई सवैले सहयोग गरी सफल वनाउनु अहिलेको आवश्यकता रहेको औल्याउनुभयो ।

कायक्रममा महिलाका हक अधिकार र विकासमा विभिन्न क्षेत्रमा महत्वपूर्ण  भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV