६ चैत्र २०७२, शनिबार

नवलपरासी, नवलपरासीमा सञ्चालित एएफसी यु–१४ छात्रा (१४ वर्षमुनिका महिला)को राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रौतहटले जितेको छ ।

rautahat
आज भएको फाइनलमा रौतहटले बाँकेलाई ६–० गोलले पराजित गर्र्दै उपाधि जितेको हो ।

रौतहटको जितमा २० औँ मिनेटमा रश्मी कुमारी, मेनुका आले मगरको २८ औँ र ६५ औँ, सुमित्रा सिंह पाखीले ५३ औँ, सीता कुशवारले ६५ औँ र ७७ औँ मिनेटमा दुई गोल गर्दै जित सुनिश्चित गर्नुभयो । बाँकेका तर्फबाट कुनै गोल हुन सकेन ।

विजेता बन्दै रौटहटले रु ५० हजार हात पारेको छ भने उपविजेता बाँकले रु २५ हजार प्राप्त गरेको छ । गत फागुन २७ गतेदेखि जारी प्रतियोगितामा मुलुकभरका १२ टोलीको सहभागिता थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV