६ चैत्र २०७२, शनिबार

कसैसँग पनि गलत सम्झौता गरिँदैनः उपप्रम थापा

kamal thap

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा चुरे भावर राष्ट्रिय एकता पार्टीका केन्द्रीय नेता तथा चलचित्रकर्मीलगायत करिब सयजना आज प्रवेश गर्नुभएको छ ।

राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार धुमबाराहीस्थित पार्टी कार्यालयमा चुरे भावर राष्ट्रिय एकता पार्टीका वरिष्ठ नेता चन्द्रप्रकाश खनाल, सोही पार्टीका सहअध्यक्ष कृष्णगोपाल श्रेष्ठ तथा चलचित्रकर्मी प्रदीप उदयलगायत प्रवेश गर्नुभएको हो ।

उक्त कार्यक्रममा उपप्रधान मन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले उहाँहरुलाई टीका लगाएर पार्टीमा स्वागत गर्दै मुलुकमा विद्यमान समस्या समाधानका लागि अहिले राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिका बीच एकताको खाँचो औँल्याउनुभयो ।

अध्यक्ष थापाले विगतमा राजनीतिक दलबाट भएका कमी कमजोरीलाई सच्चाउनुपर्नेमा जोड दिँदै मुलुकको राष्ट्रिय अखण्डता, एकता तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा सरकार प्रतिबद्ध रहेको र कसैसँग पनि गलत सम्झौता नगर्ने प्रष्ट पार्नुभयो । रासस

 

LIVE TV