६ चैत्र २०७२, शनिबार

सिरहा, विज्ञान प्रविधि तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले संविधानमा चित्त नबुझ्ने दलहरुलाई संसद्मा दुई तिहाइ बहुमत पु¥याएर संशोधन गर्न चुनौती दिनुभएको छ ।

la1fg tyf jftfj/0fdGqL ljZj]Gb| kf;jfg dWok'/ l7dLdf l;j8{ OG6/g]zgn sn]hn] cfof]hgf u/]sf] sfo{qmddf af]Nb} . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;
सिरहाको मिर्चैया नपा–५ स्थित एमएम अस्पतालको आज उद्घाटन गर्दै मन्त्री पासवानले यस्तो चुनौती दिनुभयो । उहाँले संविधान दुई तिहाइ बहुमतले जारी गरेको बताउँदै व्यक्तिगत स्वार्थमा लागेका केही नेताहरुले मात्र संविधान मधेसविरोधी भएको भनेर हल्ला मच्चाइरहेको बताउनुभयो ।

मधेसवादी दललाई लक्षित गर्दै उहाँले केही दलका नेताहरु स्वार्थ र अराजकताको राजनीतिमा लागेको आरोप लगाउनुभयो । उहाँले स्वार्थ र अराजकताको राजनीतिले समाज र देश दुवैको विकास हुन नसक्ने भन्दै विचार र सिद्धान्तको राजनीति गर्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्री पासवानले चार÷पाँच महिनाभित्रै देश विद्युत्भार कटौती मुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो – “चार÷पाँच महिनाभित्रै देशभर जति झुपडी वा महल छन्, हरेक ठाउँमा बिजुली बल्छ ।”

एक छुट्टै प्रसङ्गमा मन्त्री पासवानले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा राष्ट्रको हित विपरीत कुनै पनि सम्झौता नगर्ने दाबी गर्नुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV