६ चैत्र २०७२, शनिबार

अदालत र कानुनी प्रक्रियासंग डराउने प्रबृतिले अन्याय सहेर बस्ने नागरिकको संख्या घट्न नसकेको प्रधानन्यायाधीस श्रेष्ठको कथन

kalyan-shrestha

काठमाडौँ-  प्रधानन्यायधीश कल्याण श्रेष्ठले लोकतन्त्रलाई बलियो बनाउँन जनतामा कानुनी शिक्षाको आवश्यकता रहेको बताउनुभएको छ । अदालतलाई डरलाग्दो ठान्ने र कानुनी प्रक्रियासंग डराउने प्रबृतिले जनतामा न्याय प्रणालीको बिस्तार हुन नसकेको बताउँदै उहाँले जनतालाई निर्धक्क भएर आफुमाथि भएको अन्यायको बिरुद्धमा लड्न आग्रह गर्नुभयो ।

शनिबार जिल्ला अदालत काठमाडौंको आयोजनामा अदालतको कामकारबाही एवं सेवा प्रवाहको सम्बन्धमा समुदायलाई जानकारी गराई समुदायसंग अदालतको सम्पर्क सुधार गर्ने उदेश्यले आयोजित कार्यक्रममा प्रधानन्यायधीश श्रेष्ठले जनतालाई न्याय दिनु अदालतको पहिलो दायित्व भएको बताउँनुभयो । न्याय पाउने जनताको अधिकार भएकोले अदालतसंग नडराई निर्धक्क साथ न्याय पाउने अधिकारको फाईदा लिन उहाँले आग्रह गर्नुभयो ।

प्रधानन्यायधीश श्रेष्ठले अदालतमा आएका मुद्धालाई राजनैतिक विश्वासको आधारमा न्याय गर्ने छुट कोहि न्यायधिसलाई नभएकोले अदालतलाई राजनितिकरण नगर्न र अदालतलाई स्वतन्त्र ढंगले चल्न चलाउन दिनुपर्ने धारणा राख्नुभयो ।

जनतामा अदालत भनेको डरलाग्दो संस्था हो भन्ने मनोभावना अझै कायमै रहेको र त्यसमाथि महगो कानुनी प्रणाली र अदालत गएपछि  झण्झट बेहोर्नुपर्ने जस्ता कारणले जनतामा अन्याय भएपनि सहेर बस्ने प्रबृति देखिएको उहाँको कथन थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV