६ चैत्र २०७२, शनिबार

भीमदत्तनगर, ट्याक्टरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिका–५ बनगाउँमा एक साइकलयात्रीको मृत्यु भएको छ ।

mrityu
पूर्वपश्चिम राजमार्गअन्र्तगत भीमदत्तनगरबाट गड्डाचौकीतर्फ गइरहेको म १ त ५८२ नम्बरको ट्याक्टरले आज बनगाउँमा ठक्कर दिँदा ४० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मृतकको सनाखन हुन सकेको छैन ।

प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट घाइते भएका युवकको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रासस

 

LIVE TV