६ चैत्र २०७२, शनिबार

उखुको भुक्तानी नदिएको भन्दै नवलपरासीको इन्दिरा सुगर्स मिलमा किसानहरुद्धारा अनिश्चितकालिन तालाबन्दी, उत्पादन र बिक्रीवितरण सबै प्रभावित

sugarcane-farm

नवलपरासीको गंगापुरस्थित  इन्दिरा एग्रो एण्ड सुगर्स मिलमा किसानहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

समयमै मिलले उखुको भुक्तानी  नदिएको भन्दै किसानहरुले उद्योगमा  अनिश्चितकालीन तालाबन्दी गरेको उखु कृर्षक समितीका नवलपरासीका अध्यक्ष उमेश चन्द्र यादवले बताउनुभयो  । किसानले गतवर्षको २५ लाख गरी कुल २ करोडबढी रकम चिनी कारखानाले किसानलाइ भुक्तानी दिएको छैन । मिलले  गतवर्षको समेत बाकी रकम पुर्ण रुपमा भुक्तानी नगरेको र यस बर्षपनि भुक्तानी सुरु नगरेपनि तालाबन्दी गरेको किसानहरुले बताएका  छन् ।

 

मिलको मुख्य गेटमा  तालाबन्दी गरिएपछि मिलको चिनी उत्पादनदेखि बिक्री वितरणसम्मको सबै काम ठप्प भएको छ । किसानको बाकी बक्यौता रकम दिलाउनका लागि जिल्ला प्रशासन कार्यालय र उखु उत्पादक कृषक समिति समेत सकृयता देखएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV