६ चैत्र २०७२, शनिबार

काठमाडौँ- होलीपर्वलाई मध्यनजगर गर्दै जनकपुरमा तीन दिन माछामासु र मदिरा विक्रीवितरणमा रोक लगाएको छ । होलीमा अमानविय गतिविधि हुने भएकाले माछामासु र मदिरा विक्रीमा धनुषा प्रहरीले कडाई गरेको हो ।

wine-vs-milk

जिल्ला प्रशासन कार्यालय धनुषाका बसेको स्थानीय सरक्षानिकायको बैठकबाट चैत ९ गतेदेखि ११ गते सम्म जनकपुर बजारमा मादक पदार्थ र माछा मासु बेच्ननपाईने निर्णय गरेको छ । होलीमा शन्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सम्बन्धित पक्षलाई जानकारी गराएको छ ।

विगतका वर्षहरुमा होलीमा अमानविय गतिविधिहरु बढ्ने गरेकाले यस वर्ष सुरक्षामा कडाई गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV