६ चैत्र २०७२, शनिबार

अङ्कारा, टर्कीको राजधानी अङ्कारामा शनिबार भएको आक्रमणमा परी कम्तीमा पनि १३ जनाको ज्यान गएको समाचार छ । राजधानीको व्यस्त बजारमा मोटरसाइ्कलमा आएका व्यक्तिले विस्फोट गराएका थिए ।

bomb bisfot
अङ्कारामा गत हप्तामात्र पनि आत्मघाती बम विस्पोट गराइएको थियो । त्यसमा परी ३८ जनाको मृत्यु भएको थियो । यहाँका स्वास्थ्यमन्त्री मेमेत मुएजिनोग्लुले शनिबारको आतङ्ककारी आक्रमणको पुष्टि गर्नुभएको छ ।

शनिबारको आक्रमणको कसैले पनि जिम्मेवारी लिएको छैन । गएको आइतबारको जस्तै यो हमला पनि आत्मघाती प्रकृतिको भएको बताइएको छ ।

शनिबारको उक्त विस्फोटसँगै गएको पाँच महिनामा यस्ता चारवटा शक्तिशाली विस्फोट भएको सरकारले बताएको छ । विद्रोहीले प्रधानमन्त्री कार्यालय तथा संसद कार्यालय नजिकै भएको व्यस्त सडकमा विस्फोट गराएको जनाएका थिए ।

शनिबारको विस्फोट पनि सोही कार्यालयको नजिकमा भएको बताइएको छ । स्वास्थ्यमन्त्री मुएजिनोग्लुले सरकार आतङ्कवादी र तीनका हिंसाजन्य आक्रमणहरुलाई जस्तोसुकै अवस्थामा पनि कारबाही गर्ने बताउनुभएको छ ।

टर्कीमा पछिल्लो समयमा सामान्य नागरिकलाई लक्षित गरी यस्ता आक्रमण हुन थालेका छन् । यस्ता घटनाको डटेर सामाना गर्ने बताउँदै टर्कीबाट आतङ्कवाद परास्त गरेरै छाडने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । रासस÷एएफपी

 

LIVE TV