६ चैत्र २०७२, शनिबार

विराटनगर-  विभिन्न अवरोधका कारण विराटनगर उपमहानगरपालिका भित्र संचालित विकास निर्माणका कार्यहरु तोकेको समय भन्दा ढिलो सम्पन्न हुने निश्चित भएको छ । लामो समय ठप्प बनेको मझौला शहर एकीकृत वातावरणीय सुधार परियोजना अन्तर्गतको विराटनगरको सडक सुधार र ढल निर्माण कार्यलाई यति वेला तिब्रता दिइएको छ ।

Picture2-2

विनासकारी भूकम्प, लामो समय सम्मको बन्द हड्ताल र अघोषित नाकाबन्दीका कारण सुचारु हुन नसकेको विकास र्मिाणको कामले अव तीब्रता पाएको हो । तोकेको समयमा विकास निमार्णको काम सम्पन्न नभएपछि थप लगानी गर्नुपर्ने भएकाले पनि एकै पटक धेरै ठाउँमा काम गर्न थालिएको र सडकको बीचबाट ढल निर्माण गर्नुपर्ने हुँदा खानेपानी, विद्युतको पोल र दुरसंचारको अप्टिकल फाइबरहरुका कारण समस्या भइरहेको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका व्यवस्थापक उज्जवल प्रसाईले जानकारी दिनुभयो ।

करिब २ अर्ब ३९ करोडको लागतमा निर्माण थालिएको सडक सुधार र ढल निर्माण कार्यको अहिले सम्म ५० प्रतिशत मात्र काम सम्पन्न भएको छ । यही मे २०१६ सम्म सम्पन्न गर्ने गरी परियोजना शुरु गरिएकोमा अब सन् २०१७ को नोभेम्बर सम्ममा काम सम्पन्न हुने बताइएको छ ।

 

 

LIVE TV