६ चैत्र २०७२, शनिबार

हिन्दु राष्ट्रका सम्वन्धमा सत्ताबाट पहल गरिरहेको रापप्रा नेपालका अध्यक्ष थापाको दावी, सत्तामा रहरै पार्टीका एजेन्डामा काम गरिरहेको खुलासा ।

kamal thap

काठमाडौँ- उपप्रधान तथा परराष्ट्र मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्तामा रहेरै पार्टीका आन्तरिक एजेन्डाहरुलाई लागू गर्न आफु लागि परेको बताउँनुभएको छ ।

काठमाण्डौंको धुम्वाराहीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्र मन्त्री थापाले राष्ट्रियता, हिन्दु राष्ट्र र आमजनताको जनजिविकाको सम्वन्धमा राप्रपा नेपालले सरकारवाटै खरो रुपमा कार्य गरिरहेको बताउँनुभयो । उँहाले वर्तमान सरकारले नै संविधान कार्यान्वयन देखि समृद्धिको महाअभियानलाई पूरा गर्ने दावी पनि गर्नुभयो ।

उपप्रधान तथा परराष्टमन्त्री थापाले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण उपलब्धिपूर्ण हुने दावी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV