६ चैत्र २०७२, शनिबार

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा उद्योगी व्यवसायीहरुको जम्बो टीम सहभागी हुने भएको  छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली भोलि निजी विमान कम्पनी हिमालयन एयरको विमान चार्डर्ड गरी चीन भ्रमणमा जाँदैछ ।

oli

टोलीमा उपप्रधानमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वाणिज्य मन्त्री दीपक बोहोरासमेत सहभागी हुनेछन् । टोलीमा सरकारी कर्मचारीका साथै निजी क्षेत्रबाट पनि ठूलो सहभागिता हुने भएको छ ।

उद्योग वाणिज्य महासंघका अनुसार चीन भ्रमणमा सहभागी हुने उद्योगी व्यवसायीहरुमा पशुपति मुरारका, रविभक्त शर्मा, सतीशकुमार मोर, चण्डिराज ढकाल, रविभक्त श्रेष्ठ, चन्द्रप्रसाद ढकाल र आङछिरिङ शेर्पा छन् । त्यसैगरी ज्ञानेन्द्रलाल प्रधान, ज्योत्सना श्रेष्ठ, बसन्त मिश्र, लोकमान्य गोल्छा, राजेशकाजी श्रेष्ठ, त्रिभुवन तुलाधर, सुरेशमान प्रधान, अशोकसमशेर राणा र प्रशिद्धबहादुर पाण्डे पनि चीन जाँदैछन् ।

त्यस्तै गोविन्द थपलिया, चन्द्र रिजाल, चन्द्र शेर्पा, गोरे शेर्पा, सुधिर घिमिरे, कुशकुमार जोशी, दिलिप शर्मा, भीमलाल पौडेल, ललितकुमार अग्रवाल र अनिल जोशी चीन जाने टोलीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV