६ चैत्र २०७२, शनिबार

उद्योगमा रहेको यन्त्र, कच्चा पदार्थ र तयारी कपास गरी रु एक करोड २० लाखको क्षति

aago army

नेपालगन्ज, आज बिहान ४ बजे नेपालगन्ज उपमहानगरपालिका–७ वसन्तपुरस्थित बालाजी कपास उद्योगमा लागेको आगो केही समयअघि नियन्त्रणमा ल्याइएको छ ।
प्रहरी, सेना र दमकलका कर्मचारीको पाँच घन्टाको अथक प्रयासबाट आगलागी नियन्त्रणमा आएको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक रामबहादुर चन्दले जानकारी गराउनुभयो । प्रहरीले गरेको प्रारम्भिक अनुमान अनुसार विद्युत् तार सर्ट भएका कारण आगो लागेको हुन सक्छ ।
उद्योगका सञ्चालक पङ्कजकुमार वैश्यले उद्योगमा रहेको यन्त्र, कच्चा पदार्थ र तयारी कपास गरी रु एक करोड २० लाखको क्षति भएको बताउनुभयो । आगलागीबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV