६ चैत्र २०७२, शनिबार

दुई वर्षमा आफ्नो पार्टीलाई एक नम्बर बनाउने  एकीकृत माओवादी अध्यक्ष दाहालको भनाई, कार्यकर्ताहरुलाई सक्रियतापूर्वक लाग्न आग्रह ।

prachanda

काठमाडौँ- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दुई वर्षमा पार्टीलाई एक नम्बर बनाउन सकिने बताउनुभएको छ । सवै कार्यकर्ता सक्रियता पूर्वक लागे दुई बर्षमा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी हुने दावी गर्नुभएको हो ।

अखिल नेपाल खेलकूद महासंघका पदाधिकारीहरुसँग आज विहानै आफ्नै निवासमा भएको भेटमा दाहालले सवै मिलेर अघि बढे पार्टीलाई एक नम्बर बनाउन सकिने भएकाले सक्रियतापूर्वक लाग्न निर्देशन दिनुभएको हो । उहाँले समाजवादी क्रान्तिका लागि देशव्यापी रुपमा सक्रियता पूर्वक अगाडि बढ्न समेत खेलकुद महासंघका पदाधिकारीहरुलाई निर्देशन दिएको दाहालको निजी सचिवालयले जनाएको छ ।

 

दाहालले महासंघ पदाधिकारीलाई खेलकूद क्षेत्रमा भएका समस्याहरुको डटेर सामना गर्दै यसको विकासमा दृढतापूर्वक लाग्न आग्रह गर्नुभएको थियो । दाहाललाई भेट्न अखिल नेपाल खेलकूद महासंघका अध्यक्ष युवराज लामाको नेतृत्वमा पदाधिकारीको टोली लाजिम्पाद पुगेको थियो । भेटमा अध्यक्ष लामाले खेलकूद क्षेत्रको विकासका लागि महासंघ सम्पूर्ण रुपले समर्पित भएर लागि पर्ने प्रतिवद्धता जनाएका थिए । खेलकूद क्षेत्रमा देखिएका समस्याहरुका बारे लामाले दाहाललाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV