६ चैत्र २०७२, शनिबार

पछिल्लो समयमा प्रायजसो आधुनिक गीतले निकै लोकप्रिय पाईरहेको छ । गीत संगीत मानव जीवनको लागि एक अभिन्न अंग जस्तै हो । गीतकार प्रकाश घिमिरेको आधुनिक गीती एल्बम ‘आरम्भ’ पनि बजारमा आईसकेको छ ।

vlcsnap-2016-03-19-12h15m10s597

प्रेसमिटको आयोजना गर्दै गीतकार घिमिरेले ‘आरम्भ’ एल्बमलाई सार्वजनिक गरेका हुन् । एल्बम ‘आरम्भ’मा आधुनिक गीतहरुको समिश्रण रहेको छ । घिमिरेको सार्वजनिक एल्बममा जम्मा छ वटा गीतहरु समावेश गरीएको छ । समाबेश गरीएका यी गीतहरुको संगीत भने आलोकश्री, शान्तिराम राई र कल्याण आलेले गरेका छन् । त्यस्तै गीतहरुलाई रामकृष्ण ढकाल, प्रमोद खरेल,मल्लिका कार्की, सत्यराज आचार्य लगाएतका गायक गायीकाहरुले स्वरबद्ध गरेका छन् । सार्वजनिक ‘आरम्भ’ एल्बमका सबै गीतहरु भने गीतकार प्रकाश घिमिरेले लेखेको हुन् ।

vlcsnap-2016-03-19-12h15m43s275vlcsnap-2016-03-19-12h16m01s430

प्रतिक्रिया दिनुहोस्

LIVE TV