६ चैत्र २०७२, शनिबार

सुवास ईन्टरटेन्मेन्ट फिल्म कम्पनिले एकै साथ दुई फिल्म निर्माणको योजना बनाएको छ । क्लासिक फिल्मको सिक्वेल फिल्म रहने ‘क्लासिक२’ सँगै ‘केशरी’ फिल्म पनि निर्माण गर्ने फिल्मका निर्माता सुवास गीरीले जानकारी दिएका हुन् । यो सुवास ईन्टरटेन्मेन्ट कम्पनीको २०७३ सालको प्रोजेक्ट रहने भएको छ । फिल्म ‘क्लासिक२’ मा पुरानै टिमहरु दोहोरीने बताएका छन् । निर्माता गीरीका अनुसार सिक्वेल फिल्म ‘क्लासिक२’को स्क्रीप्टको काम भईरहेको छ ।
d n su
फिल्मका निर्माताले यसरी नयाँ प्रोजेक्टको लागि जानकारी दिदैगर्दा फिल्मका निर्देशक दिनेश रावत भने यस बिषयमा जानकारी नभएको बताउँछन् । त्यस्तै सिक्वेल फिल्म ‘क्लासिक२’ को निर्माण तत्काल नहुने बताएका छन् । तत्कालै ‘क्लासिक२’ फिल्मको निर्माण निर्माताको ईच्छा मात्र रहेको पनि निर्देशक रावतले बताएका छन् । फिल्म क्लासिकको बारेमा दर्शकहरुको रेस्पोन्स हेरेर मात्र सिक्वेलको बारेमा सोच्ने उनले बताए ।निर्माता गीरीका अनुसार वर्किङ प्रोजेक्ट रहेको फिल्म ‘केशरी’ लाई भने सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्ने भएका छन् । पौडेलले पहिलो चोटि फिल्म आभाषको निर्देशन गरेका थिए । फिल्म ‘केशरी’को स्क्रीप्ट पुरा भईसकेको तर कलाकारहरु भने फाईनल नभएको निर्माता गीरीले बताएका छन् । फिल्म निर्माणको घोषणा भने औपचारीक रुपमा कार्यक्रम गरेरनै फिल्मको घोषणा गर्ने निर्माता गीरी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV