६ चैत्र २०७२, शनिबार

नेपाली काँग्रेसको १३औँ महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले संसदीय दलको नेता चयनका लागि केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरे रहनुभएको समिति गठन गरेको हो । बैठकले नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० लगायत सम्पूर्ण भ्रातृ संस्थाको अधिवेशन छ महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

kangreshflag

“केन्द्रीय समितिको पहिलो बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ, त्यस्तै भ्रातृ संस्थाको आगामी छ महिनाभित्र निश्चित कार्य तालिकासहित महाधिवेशन सम्पन्न गर्ने र त्यसमा पहिलो चरणमा नेविसङ्घको प्रक्रिया अघि बढाउन निर्णय भएको छ”– उहाँले भन्नुभयो ।

बैठकमा सभापति देउवाले संसदीय दलको नेता चयन गर्ने, सबै भ्रातृ संस्थाको अधिवेशन गर्ने लगायत आठ कार्यसूची प्रस्तुत गर्नुभएको थियो ।

केन्द्रीय सदस्य डा प्रकाशशरण महतका अनुसार आजको बैठकमा सभापति देउवाले लामो समयदेखि पार्टीका भ्रातृ संस्थाको हुन नसक्दा नेविसङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ लगायत सङ्गठनको अधिवेशन आगामी नौ महिनाभित्र सम्पन्न गराउने प्रस्ताव पेस गर्नुभएको थियो । “संसदीय दलको नेता चयनका लागि निर्वाचन समितिले पार्टी नेतृत्वसँग छलफल गरेर चैत २० वा २२ गतेका लागि निर्वाचन मिति तय गर्नेछ”– उहाँले भन्नुभयो ।

काँग्रेसले संविधान कार्यान्वयनको जिम्मेवारी, प्रदेश सीमाङ्कन लगायत समस्या समाधानका लागि अन्य दलसँग अगुवाइका साथ छलफल गरी निष्कर्षमा पु¥याउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय समितिले भूकम्पपछिको पुनःनिर्माणको काममा देखिएको सुस्तता, सीमा नाका खुलेको लामो समयसम्म पनि आपूर्ति व्यवस्था सहज नभएको र महँगी र कालोबजारी नियन्त्रण गर्न नसकेको प्रति ध्यानाकर्षण गराउँदै तीव्रताका साथ काम अघि बढाउन आग्रह गरेको छ ।

नवनिर्वाचित सभापति देउवाको अध्यक्षतामा बसेको बैठकमा २८ केन्द्रीय सदस्यले आआफ्नो धारणा राख्नुभएको काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।

बैठकले अधिवेशनको दौरानमा सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा काँग्रेस केन्द्रीय निर्वाचन समिति, पार्टी समर्थित कानुन व्यवसायीको सङ्गठन प्रजातान्त्रिक कानुन व्यवसायी सङ्घ, सञ्चार जगत्, सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिएको छ ।

बैठकले म्यान्माका नवनिर्वाचित राष्ट्रपति तीन क्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना तथा नेपालमा नजिकिएको फागु पर्वको शुभकामना समेत दिएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV