६ चैत्र २०७२, शनिबार

काठमाडौँ । नागरिक समाज र विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी ‘नयाँ शक्ति’ नामक समूहले शनिबारबाट २४ हप्ते ‘क्लिन काठमाडौँ, ग्रिन काठमाडौँ’ अभियान सुरु गर्ने भएको छ । समूहले यहाँ आज पत्रकार सम्मेलन गरी शनिबार पशुपति क्षेत्रबाट सुरु हुने अभियानले मुख्य रुपमा विश्व सम्पदा सूचीमा सूचीकृत सातवटा सम्पदा भएको क्षेत्रमा विशेष सरसफाइ गर्ने जानकारी दिएको हो ।

1005373_1034371586620619_8643322047412747406_n

पत्रकार सम्मेलनमा अभियानका संयोजक गङ्गानारायण श्रेष्ठले २४ हप्ताको कार्यक्रममा पहिलो १२ हप्ता सरसफाइमा र दोस्रो १२ हप्ता हराभरा काठमाडौँको रुपमा विकास गर्ने गरी अभियान अगाडि बढ्ने बताउनुभयो ।

अभियान कुनै राजनीतिक अभिष्ट पूरा गर्न नभई विशुद्ध काठमाडौँलाई स्वच्छ र हराभरा बनाउने उद्देश्यले मात्रै सञ्चालन गरिएको उहाँले स्पष्ट पार्नुभयो । अभियानले जनताको घरदैलोमा पुगेर उनीहरुमा जनचेतनासमेत फैलाउने छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV