६ चैत्र २०७२, शनिबार

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर नेइमार कर छली आरोपामा दोषी पाइएका छन् । ब्राजिलको रियो दि जेनेरियो संघीय अदालतले नेइमारलाई कर छली आरोपमा दोषी ठहर गरेको हो । नेइमारले ब्राजिलियन क्लब सान्तोस, स्पेनिस क्लब बार्सिलोना तथा स्पोर्टस वेयर कम्पनी नाइकसँगको सम्झौताको क्रकमा कमाइको केही हिस्साको कर छली गरेको अदालतले ठहर गरेको छ ।

Neymar poses for a portrait at Hangar 7 in Salzburg, Austria on December 2nd, 2013

उनले पाँच करोड २१ लाख (पाँच अर्ब ६२ करोड नेपाली रुपैयाँ) अमेरिकी लडर बराबरको कर छली गरेको भन्दै जरिबाना तिर्न आदेश दिएको छ । नेइमारले अदालतको आदेश विरुद्ध पुनरावेदन गर्न पाउने छन् । अदालतका अनुसार नेइमारले सन् २०१२ देखि २०१४ को बिचमा ६ करोड ३५ लाख अमेरिकी डलर बराबरको कर तिरेका छैनन् । कर छलीका लागि बार्सिलोनासँगको सम्झौताको क्रममानेइमारले लिएको भन्दा कम रकमको सम्झौता पत्र बनाएको भन्ने विषयमा भने छानविन भइरहेको न्यायाधीशले बताएका छन् । यो विषयमा स्पेनिस अदालतले पनि छानबिन गरिरहेको छ ।

 

LIVE TV