६ चैत्र २०७२, शनिबार

काँकडभिट्टा (झापा । लागुपदार्थ दुव्र्यवसनमा मुलुकमा पाँचौँ स्थानमा बदनाम झापामा दुव्र्यसनीको सङ्ख्या झन्डै सात हजार छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीका अनुसार जिल्लामा आव २०६९÷०७० को तथ्याङ्कानुसार २४४ महिलासहित छ हजार ८०० लागुऔषध दुव्र्यसनी छन् ।

drugs

‘लागुऔषधरहित स्वस्थ्य समुदायका लागि हाम्रो अभियान, महिला हिंसा अन्त्य गरौँ, कुलत र कुसङ्गतले असल जीवन दिँदैन’ लगायत नारासहित यही चैत ८ गते बिर्तामोडमा गर्न लागिएको कार्यक्रमबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले अञ्चल प्रहरी कार्यालय मेची, जिल्ला प्रहरी कार्यालय झापा र जिल्लाभरका सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम हुने जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV