
अज्ञात समूहले जुम्लामा एक युवकमाथि गोली प्रहार गरेको छ। जिल्ला सदरमुकाम खलंगाबाट एक दिनको पैदल दूरीमा रहेको मालिकाठाटाँ-४ निवासी जैसिके बोहोरामाथि गोली प्रहार भएको हो। अन्नपूर्ण पोस्टमा समाचार छ।
गोली प्रहारबाट घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको बायाँ तिघ्राको दुई ठाँउमा गोली लागेको छ।
ढिपु गाउँका उनी खोप्री गाउँमा रहेको आफ्ना काकाको घरमा गएका थिए।
काको घरमा पाहुना गएका उनीमाथि बिहीबार जंगलमा भेडा चराउन गएको बेलामा अनुहारमा मुकुन्डो लगाएका दुईजनाले गोली हानेका थिए। गोली लागेपछि बेहोस भएका उनलार्इ गाउँलेले उद्धार गरेर अस्पताल पुर्याएका हुन्।
काका रतन बोहोराको भेडा चराउन गएका बेला जंगलमा नै उनीमाथि गोली प्रहार भएको अाफन्तले बताएका छन्। प्रहरीका अनुसार घाइते बोहोराले अाफूमाथि मुख छोपेका दुर्इजनाले गोली हानेर भागेको बताएका छन्।