
आन्तरिक प्रजातन्त्र र नैतिकताको राजनीति गर्न कांग्रेसलाई दबाब दिँदै आएका पूर्वमन्त्री पिएल सिंहलाई सक्रिय राजनीतिमा ल्याउन पार्टी सभापति शेरबहादुर देउवा इच्छुक देखिएका छन् ।
हाल दिल्लीमा स्वास्थ्य उपचारका लागि गएका उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरेर देउवाले त्यस्तो संकेत गरेका हुन् । पार्टी सदस्यता वितरणमा भएको धाँधलीप्रति आक्रोस व्यक्त गर्नै सिंहले पोखरामा भएको दशौं महाधिवेशनको पूर्वसन्ध्इामा तत्कालीन पार्टी अध्यक्ष गिरिजाप्रसाद कोइरालालाई पत्र लेखेका थिए । तर, सुनुवाइ नभएपछि उनले आफूलाई पार्टी गतिविधिबाट बाहिर राखेका थिए ।
राजा ज्ञानेन्द्रद्धारा बर्खास्त मन्त्रिपरिषद्मा वातावरण मन्त्री रहेका सिंह २०६३ वैशाखमा आन्दोलनपछि पुनर्जीवित प्रतिनिधिसभाको सपथ लिन अस्वीकार गरी कृष्णप्रसाद भट्टराई जसरी नै सदन बाहिर बसे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।