५ चैत्र २०७२, शुक्रबार

साना, साउदी अरब तथा यमनका आदिवासीहरुको मध्यस्थतापछि विगत एक वर्षदेखि साउदी अरब नेतृत्वको सुरक्षाफौजद्वारा यमनी विद्रोही विरुद्ध जारी राख्दै आएको कारबाहीलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार स्वागत गरेको छ ।

saudi-attack
अन्तिम चरणमा पु¥याएको भनी दिएको अभिव्यक्तिको अमेरिकाले ठूलो सङ्ख्यामा मृत्यु भएको जनाउँदै चासो व्यक्त गरेपछि यसलाई संयुक्त राष्ट्रसङ्घले यसअघि जस्तै पुनः साउदी अरबको ध्यानाकर्षण गरेको थियो ।

यमनमा जारी साउदी कारबाहीमा निर्दोष नागरिकको ज्यान गएको तथा उनीहरु विस्थापित हुनु परेको कुरालाई ह्वाइट हाउसले स्वागत गरेको ह्वाइट हाउसका प्रवक्ता जोस अर्नेस्टले बताउनुभयो ।

साउदी नेतृत्वको संयुक्त सुरक्षाफौजका प्रवक्ता तथा ब्रिगेडियर जनरल अहमद अल असिरीले एएफपीसँगको वार्तामा संयुक्तफौजको कारबाही लडाइँको अन्तिम चरणमा भएको बताउनुभएको सन्दर्भलाई उद्धृत गर्दै ह्वाइट हाउस प्रवक्ता अर्नेस्टले बताउनुभयो ।

सन् २०१५ को मार्चमा साउदी नेतृत्वको संयुक्र सुरक्षाफौजले यमनी राष्ट्रपति अवेद्रावो मन्सुर हादीको सरकारलाई सघाउँदै यमनी विद्रोही विरुद्धको कारबाही सुरु गरेको थियो ।

विद्रोहीले यमनी राजधानी सानासहित ठूलो भूभागमा कब्जा जमाएपछि साउदी नेतृत्वको सुरक्षाफौजले हादी सरकारलाई सहयोग गर्न सुरु गरेको थियो ।

साउदी नेतृत्वको कारबाहीपछि यमनी हुठी विद्रोहीद्वारा स्वदेश तथा सीमा पारलाई लक्षित गर्दै प्रतिरक्षा गर्ने क्रममा सैन्य, अर्धसैन्य तथा सामान्य नागरिक साउदीतर्फका ९० जनाको मृत्यु भएको थियो भने सयौँ यमनी नागरिकको पनि मृत्यु भएको छ ।

सीमा क्षेत्रमा द्वन्द्वका कारण निर्दोष नागरिकको मृत्यु जारी रहिरहँदा उक्त इलाकामा आदिवासी नेताद्वारा गरिएको मध्यस्थतामा अहिले शान्तिको आभाष मिलेको विश्लेषक अलानीले बताउनुभयो । रासस÷एएफपी

 

LIVE TV