५ चैत्र २०७२, शुक्रबार

चीनसँग व्यापार, पारवहन, इन्धन, विशेष आर्थिक क्षेत्र र चक्रपथ निर्माणलगायत विषयमा छलफलन हुने

nepal china flag

काठमाडौँ, उच्चस्तरीय राजनीतिक समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका कार्यसूची र तयारीबारे जानकारी गराउनुभएको छ ।
बैठकपछि समितिका संयोजक पुष्पकमल दाहालले भ्रमणको तयारीबारे बैठकमा प्रधानमन्त्रीले जानकारी गराउनुभएको र सहभागी नेताहरुले भ्रमणमा मुख्यतया व्यापारसँग सम्बन्धित विषयलाई जोड दिनुपर्ने बताउनुभएको जानकारी दिनुभयो ।

सत्तारुढ एवम् सत्ता समर्थक दलहरुको समितिका संयोजक दाहालले भ्रमण तयारी राम्रो देखिएको बताउँदै चीनसँग व्यापार, पारवहन, इन्धन, विशेष आर्थिक क्षेत्र र चक्रपथ निर्माणलगायत विषयमा छलफल हुन लागेको बताउनुभयो ।

kalanki-after-3-years-2

रासस

 

LIVE TV