५ चैत्र २०७२, शुक्रबार

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा मैथली नमुना प्रावि जनकपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार यादव र प्रधानाध्यापक दिनेशकुमार मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

akhitar-660x330
आयोगका अनुसार अध्यक्ष यादव र प्रअ मण्डलले विद्यार्थी सङ्ख्या गलत देखाई फर्जी बिल भरपाईसमेत पेस गरी विभिन्न आवमा विद्यालयलाई प्राप्त रु एक लाख ५१ हजार १४६ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज मुद्दा दर्ता गराइएको हो ।

आरोपीद्वयलाई हदैसम्मको कारबाहीको माग गरिएको प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV