
चीनको सुरक्षासंग जोडिएका केही चासोलाई सम्वोधन मात्रै गर्ने हो भने नेपालले एकतर्फीरुपमै ज्यादा फाईदा लिन सक्ने
काठमाडौँ- चीनसंगको नेपालको सम्वन्ध सधा समुधुर रहे पनि विश्वको दोस्रो ठुलो अर्थतन्त्र भएको चीनवाट आर्थिक फाईदा लिन नेपालले सकेको छैन । नेपालको हर अप्ठ्यारोमा साथ दिँदै आएको चीनले सहज अवस्थामा चाहिँ कम सम्झिने गरेको छ । अझ नेपालले चीनसंगको सम्वन्धवाट प्राप्त गर्न सक्ने उपलब्धिहरुका विषयहरुमा ठोस अध्ययन नै हुन सकेको छैन ।
नेपालले आफ्नो विदेश नीतिवारे कुरा गर्दा पञ्चशिलको सिद्धान्तवारे सधैं भट्याउने गर्दछ । अन्र्तराष्ट्रिय सम्वन्ध यतिमै सिमित रहन सक्दैन् । प्रत्येक मुलुकहरुसंग नेपालको चासो र स्वार्थ एउटै हुनै सक्दैन् । कुनै पनि मुलुकले आफ्नो राष्ट्रिय स्वार्थलाई प्रवद्र्धन गर्ने गतिलो साधनको रुपमा विदेश नीतिलाई लिने गरिन्छ । तर विडम्वना नेपालमा सरकारीस्तरवाट त्यो किसिमको न त तयारी नै छ न त राजनीतिक दलहरुमा चेतना नै ।
विश्वको दोस्रो अर्थतन्त्र चीनवाट नेपालले विभिन्न क्षेत्रवाट फाईदा लिन सक्छ । चीनको सुरक्षासंग जोडिएका केही चासोलाई सम्वोधन मात्रै गर्ने हो भने नेपालले एकतर्फीरुपमै ज्यादा फाईदा लिन सक्ने परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् । पारवहन, इन्धन, उर्जा, व्यापार, चिनिया लगानीकर्ताहरुलाई आर्कषण गर्ने लगाएतका सन्दर्भमा नेपालले अधिकतम लाभ लिने सक्ने जानकारहरु बताउँछन् ।
नेपाली नेतृत्व चीनसंगको सम्वन्धवाट आर्थिक लाभ लिन चुकेको निश्चित हो । गरिव मुलुकहरुले बलिया अर्थतन्त्र भएका मुलुकहरुवाट आर्थिक एवं प्राविधिक सहयोग लिई उच्चस्तरको आर्थिक प्रगती गरिरहेको थुपैं उदाहरणहरु पाईन्छन विश्वमा । तर नेपालले विश्वमञ्चमा प्रभावशाली मानिने चीन जस्तो छिमेकी हुँदा पनि उचित फाईदा लिन नसक्नु विडम्वना नै हो ।