५ चैत्र २०७२, शुक्रबार

मुख्य गरी २०४६ साल पश्चात सही लोकतान्त्रिक संस्कार र समृद्ध मुलुक निर्माण अगाडी बढ्न नसक्दा त्यसको नराम्रो असर नेपालको विदेश नीतिमा

NepalIndiaChina

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्माले कुनै पनि राष्ट्र विरुद्ध नेपालले अर्को मुलुकको कार्ड प्रयोग गर्न नहुने र आफु सन्तुलित सम्वन्ध विकास गर्न अग्रसर भएको दावी गर्नुभएको छ । तर पनि नेपालको अस्तव्यस्त विदेश नीति र व्यावहारको कुरा गर्दा प्रधानमन्त्रीको दावीमा विगत त्यति उदार पाईदैंन ।

मुख्य गरी २०४६ साल पश्चात सही लोकतान्त्रिक संस्कार र समृद्ध मुलुक निर्माण अगाडी बढ्न नसक्दा त्यसको नराम्रो असर नेपालको विदेश नीतिमा पनि प¥यो । सत्ता सञ्चालक देखि लिएर प्रमुख दलहरु विदेश नीतिको सम्वन्धमा परिपक्वता र व्यावहारिकता प्रर्दशन गर्न सकेनन्् । फलस्वरुप नेपाल विदेशी शक्ति केन्द्रमहरुको एक खालको प्रयोगशाला बन्न पुग्यो । नीतिगतरुपमा पञ्चशिलको विदेश नीति अङ्गिकार गरिएको भएपनि व्यावहारिकरुपमा नेपालको विदेश नीति अस्तव्यस्त, सिद्धान्तहिन र कुनै पनि किसिमले राष्ट्रिय स्वार्थलाइृ प्रवद्र्धन नगर्ने किसिमको हुन गयो । जसलाई विदेश नीति मामिलामा विज्ञहरु नेतृत्वमा देखिएको चरम अराजकता र अपरिपक्वताको उपज भएको टिप्पणी गर्दछन् ।

२१ औं शताव्दीमा आर्थिक समृद्धिको उचाई पहिल्याउन ठोस विदेश नीतिको आवश्यकता पर्दछ । साथै त्यसको कार्यान्वयनको लागि स्पष्ट दूरदशिर्ता, क्षमता र कूटनीतिक चातूर्यता पनि त्यत्तिकै आवश्यक पर्दछ । प्रधानमन्त्री ओलीले कार्ड प्रयोग नगर्ने भने पनि नेपालमा भारत र पश्चिमा मुलुकहरुको उपद्रो प्रभाव र दवाववाट छिमेकी चीन सशंकित हुँदै आएको कतै लुकेको छैन् ।

प्रधानमन्त्री ओलीले विगतका नेतृत्वको कमजोरीवाट शिक्षा लिँदै उनले भनेजस्तै सन्तुलित सम्वन्ध विकासकोलागि कत्तिको भूमिका खेल्न सक्ने हुन् त्यो भनिष्यले नै देखाउँनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV