
संविधानको कार्यान्वयनमा सरकारलाई सघाउने १३ औं महाधिवेशनपछिको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समितिको निर्णय, नौ महिनाभित्र भातृसंगठनहरुको अधिवेशन सक्ने
काठमाडौँ- नेपाली काँगेसको केन्दीय समितिको वैठकले संविधानको कार्यान्वयनमा अगाडी बढने निर्णय गरेको छ । साथै भुकम्प पछिको राहत र पुनः निर्माणले तिव्रता नपाइरहेको अवस्थामा त्यसलाई अगाडी वढाउन महत्वपुर्ण भुमिका खेल्ने पनि कांग्रेसले जनाएको छ ।
१३ औ महाधिवेशनपछि काँग्रेस केन्दीय कार्यालय सानेपामा शुक्रवार वसेको केन्दीय समितिको वैठकले संविधान कार्यान्वयनमा सरकारलाई सघाउने निर्णय गरेको हो । नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले विभिन्न भातृ संगठनको निर्वाचन, संसदीय दलको निर्वाचन गर्ने निर्णय गरेको छ । नेपाली काँगे्रसले सवै भातृ संगठनको निर्वाचन नौ महिनाभित्र सम्पन्न गरिसक्ने र नेपाल विद्यार्थी संगठनको निर्वाचनवाट सुरु गर्ने समेत निर्णय गरेको छ । नेपाली काँगे्रसले चैत्र महिनाभित्र नै संसदीय दलको नेताको निर्वाचन सम्पन्न गरिसक्ने र त्यसका लागि काँग्रेसका केन्दीय सदस्य रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति समेत गठन गरिएको काँग्रेस नेता दिलेन्द्र वडुले जानकारी दिनुभयो ।
त्यस्तै नेपाली काँग्रैसले निर्वाचन सम्पन्न गराउन योगदान पु¥याउने सवैलाई धन्यवाद ज्ञापन गरेको छ भने म्यानमारका नवनिर्वाचित राष्टपतिलाई वधाई दिएको छ ।