५ चैत्र २०७२, शुक्रबार

काठमाडौँ, जापान सरकारले बिपी नेत्र प्रतिष्ठानलाई करिब ९७ लाख ४६ हजार आर्थिक सहयोग गरेको छ ।

nepal-japan1-430x316
सहयोगसम्बन्धी सम्झौतामा नेपालका लागि जापानी राजदूत मासाही ओगावा र प्रतिष्ठानका अध्यक्ष डा पूर्णचन्द्र कर्माचार्यले आज हस्ताक्षर गरेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

उक्त रकम प्रतिष्ठानद्वारा स्थापित बाल अस्पताल तथा पुनःस्थापना सेवा (चियर्स) को छात्रावास निर्माणमा उपयोग गरिनेछ । छात्रावासमा खासगरी नेत्र तथा सुस्त श्रवण भएका बालबालिकालाई राखिने र उपचार गरिनेछ ।

सन् १९९१ मा स्थापित प्रतिष्ठानले नेत्र स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । प्रतिष्ठानले त्रिवि शिक्षण अस्पतालसँगको सहकार्यमा बिपी कोइराला लायन्स सेन्टर स्थापना गरी नेत्रविज्ञान विषयमा अध्ययनअध्यापनमा सहयोग गरिरहेको छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV