५ चैत्र २०७२, शुक्रबार

दमौली, नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले मुलुकभित्र देखिएको विद्यमान समस्या समाधान गरी संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले नै गर्ने बताउनुभएको छ ।

Nepali Congress party leader and sole candidate for Prime Minister's post Ram Chandra Poudel leaves the parliament in Katmandu, Nepal, Thursday, Oct. 7, 2010. Nepal's parliament has failed again to elect a new prime minister, prolonging the Himalayan nation's political uncertainty. (AP Photo/Binod Joshi)
तनहुँको क्यामिन गाविसस्थित मेवाबारी विद्युतीय लिफ्टिङ खानेपानी आयोजनाको आज उद्घाटन गर्दै उहाँले तराई, मधेस र जनजातिको मागलाई सम्बोधन गरी काँग्रेस संविधान कार्यान्वयनमा अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी उदयबहादुर राना, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख हरिदत्त पौडेल लगायतले खानेपानी आयोजना सम्पन्न भएपछि गाउँलेले स्वच्छ र गुणस्तरीय पानी खान पाउने बताउनुभयो । आयोजना रु ४० लाखको लागतमा निर्माण गरिएको हो । रासस

 

LIVE TV