५ चैत्र २०७२, शुक्रबार

काठमाडौँ, उपराष्ट्रपति नन्दकिशोर पुनले सामुदायिक शिक्षालाई गुणस्तरीय र समयसापेक्ष बनाउन आवश्यक रहेको बताउनुभएको छ । कपन बहुमुखी क्याम्पसको बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गदै उपराष्ट्रपति पुनले सामुदायिक बिद्यालयको स्तरलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

pun

शुक्रवार कपन बहुमुखी क्याम्पसको आयोजनामा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले मुलुकको सामुदायिक तथा सरकारी शैक्षिक क्षेत्रमा सुधारको आवश्यकता रहेको बताउनुभएको हो ।उहाँले सरकारी शैक्षिक क्षेत्रलाई माथि उकास्न सवै पक्ष इमान्दार हुनुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मान समेत गर्नुभएको थियो ।

कार्यक्रममा एमालेका सभासद राजन भट्राईले सामुदायिक शैक्षिक क्षेत्रको गुणस्तर माथि उठ्न नसकेको बताउदै सरकारले सामुदायिक बिद्यालयको गुणस्तरमा जोड दिनुपर्ने बताउनु भयो ।

सोही अवसरमा कपन बहुमुखी क्याम्पसका क्यामपस प्रमुख भुमिदत्त पौडेलले गुणस्तरीय शिक्षाका लागि सामुदायको तफृबाट पनि सहयोग र लगानी आवश्यक रहेको बताउँनुभयो ।

कार्यक्रमा ब्यवस्थापन समितिको अध्यक्ष कुमार ओझा,सहायक क्याम्पस प्रमुख डोरप्रसाद आचार्य, समाजसेवी खिलानाथ दाहाल र व्यवस्थापन समितिका पूर्व अध्यक्ष डम्बरबहादुर अधिकारी लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले सामुदायिक शिक्षाको गुणस्तर र प्रभावकारितामा जोड दिएका थिए ।

 

LIVE TV