
लागूऔषध नियन्त्रण व्युरोले ठूलो परिणाममा लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । डाइजेपाम, नुफ्रिन,फेनारगनलगायतका लागूऔषधसहित चैत पहिलो हप्ता नियन्त्रणमा लिएका उनीहरुलाई व्युरोले शुक्रवार सार्वजनिक गरेको हो
काठमाडौ- व्युरोले चैत ३ गते काठमाडौ वत्तीसपुतलीका सुरजविक्रम राणा र पर्सा वीरगञ्जका संजय दत्तलाई गौशालावाट नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुको साथवाट नुफिन ५ सय ८० एम्पुल, डाइजेपाम ५ सय ६४ एम्पुल, फेनारगन ५ सय ६४ प्रहरीले वरामद गरेको थियो । त्यस्तै, चैत ५ गते कुपण्डोल ललितपुरवाट दोलखाका रोशन नेवार र ललितपुरका रविन्द्र शाक्य, काठमाडौ डल्लुवाट ललितपुरका सुभाष शाक्यलाई सोही प्रकारका लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।
प्रहरीको कारवाहीसँगै सहज उपलब्धता र धेरै मुनाफाका लागि वेरोजगार युवाहरु लागूऔषधको ओसारपसारमा संलग्न हुदै आएको पाइएको छ । नेपाल भारतको खुल्ला सिमाना र न्यून मूल्यका कारण युवाहरुको लागू औषध पदार्थहरुको कारोवारमा सक्रियता बढेको व्युरोको भनाई छ । पछिल्लो समय १७ देखि २० वर्ष उमेरसमूहका युवायुवतीहरुको सेवन तथा कारोवारमा संलग्नता वृद्धि भएको बताउदै आफना छोराछोरीप्रति संवेदनशील र सजग रहन अविभावकहरुलाई व्युरोको आग्रह छ ।
अचम्म त के छ भने, पुनस्र्थापना केन्द्रमा रहेर फर्केका युवाहरु नै यसको कारोवार तथा ओसारपसारमा लागेको पाइएको हो । पक्राउ परेकामध्ये वत्तीसपुतलीका सुरजविक्रम राणा केही समय पुनस्र्थापना केन्द्र्रमा रहेर छुटेपछि पुनः संलग्न भएको पाइएको हो ।