५ चैत्र २०७२, शुक्रबार

काठमाडौँ  अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । बिहीबार गत डिसेम्बर महिनायताकै महँगो हुँदै तेल प्रति ब्यारेल ४० डलर पुगेको हो ।

Petrol1

यसअघि करिब ५ हप्ता अगाडि तेलको मुल्य २६ दशमलब शून्य पाँच डलर प्रतिब्यारेल पुगेको थियो । मूल्य बृद्धिको प्रक्रिया जारी रहन्छ वा रहँदैन भन्ने विषयमा केही निश्चित नभएको विश्लेषकहरुले बताएको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हालै भारतमा पनि तेलको मूल्य बढेको छ । नेपालमा भने हालसम्म मूल्य समायोजनको विषयमा कुनै निर्णय भइसकेको छैन । अन्तराष्ट्रिय बजारमा डलरको भाउ स्थिर रहेको तर सुनको भाउ बढ्ेकोले पनि अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको हुन सक्ने विश्लेषकको भनाइ छ । 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV