काठमाडौँ, साताको अन्तिम दिन शुक्रबार सुनको भाउ स्थिर छ । बिहीबार प्रतितोला ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन पनि सोही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबारको भाउमा ४ सय रुपैयाँले बढेर सुन बिहीबार ५५ हजार ८ सय रुपैयाँ पुगेको थियो । शुक्रवार तेजाबि सुन प्रतिातोला ५५ हजार ५ सय ५० रुपैयाँमा कारोवार भएको छ । शुक्रवार चाँदीको भाउ भने पनि बढेको छ । प्रतितोला १५ रुपैयाँले बढेको चाँदी शुक्रवार ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार ७ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी एकैदिनमा १५ रुपैयाँले बढेको हो ।