
चीन भ्रमणमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छलफल हुने प्रधानमन्त्री केपी ओलीको भनाई, मुलुकको हीतविरुद्ध कुनै सम्झौता नहुने
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छलफल हुने बताउनुभएको छ । बलियो अर्थतन्त्र चीनवाट लगानी भित्राउन पहल गर्ने उँहाको भनाई छ ।
व्यवस्थापिका संसद अन्र्तगतको अन्र्तराष्ट्रिय श्रम सम्वन्ध तथा मानव अधिकार समितिको बैठकमा समिति सदस्यहरुले राखेका जिज्ञासाहरुवारे धारणा राख्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणमा मुलुकको हित विरुद्ध कुनै सम्झौता नहुने बताउँनुभयो । चीन भ्रमणलाई अधिकतम रुपमा मुलुकको हितमा प्रयोग गर्न प्रयास हुने उँहाले जानकारी गराउनुभयो ।
चीनसंग पारवहन, उर्जा, इन्धन, व्यापार, लगानी भित्राउने लगाएतका विषयमा खुलेरै कुरा हुने प्रधानमन्त्रीले बताउँनुभयो ।
बैठकमा प्रधानमन्त्रीले नेपालले कुनै छिमेकी मुलुकहरु विरुद्ध कुनै कार्ड नखेल्ने स्पष्ट पार्दै सन्तुलित सम्वन्ध नै नेपालको चाहना भएको स्पष्ट पार्नुभयो ।
चीनको तिव्वतवाट विजुली आयात गर्ने सम्वन्धमा पनि चिनिया पक्षसंग छलफल हुने ओलीले बताउनुभयो । नेपालको समृद्धिको लागि चिनिया लगानी आवश्यक भएको जानकारी दिदै उहाँले त्यसका लागि चीन भ्रमणमा प्रष्टसंग चीनिया नेतृत्वसंग कुरा राख्ने प्रधानमन्त्री ओलीको भनाई छ ।