५ चैत्र २०७२, शुक्रबार

प्रधानमन्त्री ओलीको आसन्न चीन आसन्न भ्रमणलाई उपलब्धिमूलक बनाउन सरकारको तयारी तीब्र, भ्रमण फलदायी बनाउन थप गृहकार्य गरिने

PM office_edukhabar

सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन आसन्न भ्रमणलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने निर्णय गरेको छ । भ्रमण फलदायी बनाउन सरकारले थप गृहकार्य पनि गर्ने भएको छ ।

मन्त्रिपरिषद्को हिजो राति बसेको बैठकले प्रधानमन्त्रीको आसन्न भ्रमणलाई फलदायी र प्रभावकारी बनाउन अधिकतम प्रयास गरिने निर्र्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले यही चैत ७ गतेदेखि १४ गतेसम्म चीन भ्रमण गर्दै हुनुहुन्छ ।

त्यसैगरि, सरकारले पेट्रोलियम पदार्थ आयात तथा बिक्रि वितरणका लागि निजी क्षेत्रलाई दिएको अनुमति रद्द गरेको छ । भारतको नाकाबन्दीका कारण देशमा पेट्रोलियम पदार्थको अभाव भएपछि सरकारले गत कात्तिक २ गते राजपत्रमा सूचना प्रकाशन गरी ३५ वटा कम्पनीलाई पेट्रोलियम पदार्थ आयात तथा बिक्रि वितरणको अनुमति दिएको थियो । सरकारको यो निर्णयपछि अब नेपाल आयल निगम बाहेक अन्य कुनै निकायले इन्धन आयात गर्न पाउने छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV