५ चैत्र २०७२, शुक्रबार

नवलपरासी, जिल्लाको गङ्गापुरस्थित ‘इन्दिरा एग्रो एन्ड सुगर्स मिल’मा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन् ।

uukhu
समयमै मिलले उखुको भुक्तानी नदिएको भन्दै किसानले सो उद्योगमा बिहीबारदेखि तालावन्दी गरेका हुन् । उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार रु दुई करोड बढी रकम चिनी कारखानाले किसानलाई भुक्तानी दिएको छैन ।

तालावन्दी गरिएपछि चिनी उत्पादनदेखि बिक्री वितरणसम्मको सबै काम ठप्प भएको छ । किसानको बक्यौता रकम दिलाउन जिल्ला प्रशासन कार्यालय र उखु उत्पादक कृषक समितिले चासो नदेखाएको पीडितको आरोप छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV