
नवलपरासी- नेपालका लागि ब्राजीलका राजदुत मारीया टेरेसा सहितको टोलीले नवलपरासीको सुनवल नगरपालीकाकोे अनुगमन गरेको छ । राजदुत टेरेसासहितको टोलीले नेपालकै पहिलो वालमैत्री नगर सुनवलको अध्ययन भ्रमण गरेको हो ।
टेरेसा संगै ब्राजीलका राष्ट्रपती कार्यालयका सेके्रटरी मिस अराक्यारोलीन लगायतले सुनवल देशकै पहिलो बालमैत्री नगर हुनुको कारण यस यसको अवस्थाबारे जानकारी लिएको हो । अनुगमनमा युनिसेफ नेपालका उप प्रमुख डा. रौनक खान, युनिसेफ प्रतिनिधीहरु सहभागि थिए ।
त्यस्तै, टोलीमा स्थानीय बिकास मन्त्रालयका उपसचिब गुरु सुबेदी लगायतका सरोकारला निकायका प्रतिनधीहरुको पनि सहभागिता थियो । टोलीले सुनवलमा अहिले बालबालीकाको अवस्था, बालमैत्री नगर घोषणा हुनु पूर्बको अवस्था हालको अवस्था र यसको ब्यवस्थापनबारे बालबालीका सहित यसका सरोकारवाला निकायसंग छलफल थियो ।