५ चैत्र २०७२, शुक्रबार

राष्ट्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रको विकासमा नै मुलुकको विकास हुने

Haribol_Gajurel

कलैया,  कृषिमन्त्री हरिबोल गजुरेलले कृषकको जीवनस्तर उकास्न सरकारले कृषि क्षेत्र विकासका लागि विशेष कार्यक्रम ल्याउने बताउनुभएको छ ।
बाराको डुमवर वानास्थित समाज सुधार कृषि सहकारी संस्थाद्वारा आयोजित ‘धानखेती यन्त्रीकरण’को एक समारोहबीच उद्घाटनपछि उहाँले कृषिलाई व्यावसायिक रुपमा अघि बढाउन उन्नत प्रविधिले प्रयोग गर्न अपिल गर्नुभयो ।

कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई, कृषि विकास विभागका महानिर्देशक डा युवकध्वज जिसी, बाली विकास निर्देशक डिल्लीराम भण्डारी र पूर्व सभासद् जयराम दाहालले कृषक आत्मनिर्भर बन्नुका साथै समग्र कृषि क्षेत्रको विकासमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी मन्त्री गजुरेलले डम्बर बानास्थित साना विकास कृषि सहकारी संस्थाको २० औँ वार्षिकोत्सवको एक समारोहबीच उद्घाटन गर्नुभयो । उहाँले राष्ट्रको मेरुदण्डका रुपमा रहेको कृषि क्षेत्रको विकासमा नै मुलुकको विकास हुने बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV