५ चैत्र २०७२, शुक्रबार

फिल्म ‘राहदानी’ ले जय नेपाल हलमा आफ्ना अतिथीहरु लगाएतका बिशेष ब्यक्तिहरुलाई च्यारीटि शो गरेकोे छ । च्यारीटि शोमा फिल्मका निर्माण टोलि लगायत अतिथिहरु बिशेष ब्यक्तिहरुले बाक्लो उपस्थिति जनाएका थिए । फिल्म ‘राहदानी’ले बिदेशीएका नेपालीहरुको कथालाई प्रस्तुत गर्नेछ । फिल्मलाई सञ्चारकर्मी डब्बु क्षेत्रिले निर्देशन गरेका हुन् भने फिल्मको कथा लेखन पनि क्षेत्रिकै रहेको छ । ‘राहदानी’फिल्मको मुख्य कलाकारको रुपमा दयाहाङ राई, अशोक रीजाल, नविन लाम्साल, मोनिका दाहाल,बिकास जोसि, दिनेश दुलाल,लक्ष्मण बिक्रम बस्नेत लगाएतका कलाकारहरु रहेका छन् । फिल्म ‘राहदानी’ले कामको शिलसिलामा बिदेशीएका नेपालीहरुले भोग्नु परेका समस्याहरुमा केन्द्रित रहेको छ ।
vlcsnap-2016-03-18-15h21m44s404
राहदानी फिल्मले केह दिन अगाडि आफ्नो अफिसियल प्रोमो र गीतहरु पनि कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको थियो । ‘राहदानी’ फिल्मको एक आईटम गीतमा रीमा बिश्वकर्माको ग्ल्यामर डान्स पनि रहेको छ । त्यस्तै चर्चीत मारुनी गीत पनि यस फिल्ममा समावेश गरीएको छ ।
‘राहदानी’फिल्ममा दयाहाङ राई र अशोक रीजालले दाजुभाईको भुमिकामा अभिनय गरेका छन् । दयाहाङ राई र अशोक रीजालका साथै ‘राहदानी’ फिल्मका सम्पुर्ण कलाकारहरुले तारीफ योग्यनै अभिनय गरेका छन् । फिल्मलाई निर्माण पक्षले चैतको १२ बाट दर्शक माझ प्रदर्शनमा ल्याउन तयारी गरीरहेको छ । ‘राहदानी’ फिल्मलाई लक्ष्मि प्रसाद ढकाल, रीयना पात्रबंश,रम्भा पाण्डे,कृष्ण चन्द्र झा, र अभिाषेकमान सिंहले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

vlcsnap-2016-03-18-15h22m49s908

vlcsnap-2016-03-18-15h22m05s187

vlcsnap-2016-03-18-15h23m27s118

प्रतिक्रिया दिनुहोस्

LIVE TV