
यो बर्ष बलिउड सेलिब्रटिहरुको रिलेशन खासै राम्रो सुनिएको छैन । ऋतिक र कंगनाकोे झगडा कानुनि रुपमा अगाडि बढिरेहको छ । २०१३ मा ऋतिक र सुजैनको औपचारीक रुपमै सम्बन्ध टुटेको थियो । बलिउड लाईफ डट कमका अनुसार ऋतिकको सुजैन सँग सम्बन्ध टुटेपछि उनि कंगनालाई भेट्न पेरीस सम्म पुगेका थिए । जहाँ ऋतिकले कंगनालाई प्रपोज गरेका थिए, र कंगनाले पनि ऋतिकको प्रपोजलाई एक्सेप्ट गरेकी थिईन् । त्यहा दुबैले एकैसाथ धेरै लामो समय बिताएका थिए । त्यसपछि फेब्रुअरि २०१४मा फिल्म ब्याङ्ग ब्याङ्गको सुटिङको दौरानमा ऋतिकले कंगनालाई ईगनोर गर्न थालेका थिए । अहिले आएर उनिहरुको सम्बन्धनै सकिएको छ ।
धुम फिल्मको श्रृङखलाको चौथो फिल्म ‘धुम४’मा ऋतिक र प्रभासले एकैसाथ फिल्ममा काम गर्न लागिरहेका छन् भन्ने समाचारलाई ऋतिकले खण्डन गरेका छन् । समाचार यस्तो थियो की यश राज ब्यानरको ‘धुम४’ फिल्ममा ऋतिक र बहुबाली फिल्मका कलाकार प्रभाषले मुख्य नकारात्मक भुमिका निभाउँदैछन् । यसै समाचारको खण्डन गर्दै ऋतिकले आफ्नो सबै फ्यानहरुलाई च्याट मार्फत भनेका छन्“म केवल दुई फिल्ममा व्यस्त हुदैछु, एक ‘काबिल’ र अर्को फिल्म यशराजको रहेको छ ।” ‘काबिल’ फिल्मका निर्देशकको रुपमा संजय गुप्ता रहेका छन् । फिल्म ‘काबिल’मा ऋतिकको साथमा यामी गौतम पनि रहेकी छिन् । त्यस्तै ऋतिक यशराजको फिल्म ‘ठग’मा पनि अनुबन्धित भएका छन् । फिल्म ठगलाई कृष्ण आचार्यले निर्देशन गर्ने भएका छन् । ऋतिकले अभिनय गरेका फिल्म ‘मोहनजोदाडो’ आउन लागेका फिल्मको रुपमा रहेको छ । फिल्मलाई आशुतोष गोवारेकरले निर्देशन गरेका हुन् ।