५ चैत्र २०७२, शुक्रबार

नेपाली फिल्मका निर्माताहरुले बिशेष गरी आफ्ना फिल्महरुलाई शुक्रबार रिलीज गर्ने गरेका छन् । यो साता पनि दुई नेपाली फिल्महरु ‘लक्ष्य’ र ‘भाग सानी भाग’ लाई फिल्मका निर्माताहरुले दर्शक माझ प्रदर्शनमा ल्याएका छन् । यो साताको दुबै नेपाली फिल्म भने सबिन श्रेष्ठ अभिनित फिल्म रहेका छन् । ‘लक्ष्य’ र ‘भाग सानी भाग’ दुबै फिल्ममा एक्शन नायक सबिन श्रेष्ठनै मुख्य भुमकामा देखिएका छन् । तर भाग सानि भागमा भने सबिन कमेडि भुमिकामा प्रस्तुत भएका छन् । साथै बलिउड फिल्म ‘कपुर एण्ड सन्स’ पनि यसै साताबाट नेपाली दर्शकमाझ प्रस्तुत भएको छ । फिल्म ‘लक्ष्य’लाई ओम लाल गुरुङको निर्माणमा मिलन आले मगरले निर्देशन गरेका छन् । फिल्मलाई मनोरञ्जनात्मक जन्र्मा राखिएको निर्माण पक्षले जनाएका छन् । फिल्म‘लक्ष्य’ मा पुराना कलाकारहरु देखि लिएर नयाँ कलाकारहरु सम्मको अभिनय देखिनेछ । जस्मा सुनिल थापा र अर्जुन जंग शाहिका साथै सबिन श्रेष्ठ, अनु शाह, सारीका केसि लगाएतका कलाकारहरुको अभिनय रहेको छ । सुशिल पंगेनीले फिल्म ‘लक्ष्य’को कथा लेखेका हुन् । त्यस्तै फिल्ममा रामजी लामिछानेकोनृत्य निर्देशन रहेको छ ।
maxresdefault
त्यस्तै अर्को नेपाली फिल्म ‘भाग सानी भाग’ पनि दर्शकमाझ प्रस्तुत भएको छ । फिल्म ‘भाग सानी भाग’ लाई धेरै बर्ष लामो संगीत क्षेत्रमा अनुभव बटुलेका संगीतकार चेतन सापकोटाले पहिलो चोटि निर्माण गरेको फिल्म रहेको छ । सापकोटाले पहिलो चोटि निर्माण गरेका फिल्म ‘भाग सानि भाग’लाई नवल नेपालले निर्देशन गरेका छन् । सामाजिक यथार्थ कथालाई प्रस्तुत गर्ने फिल्म ‘भाग सानि भाग’को प्रस्तुतकर्ताको रुपमा बिष्णु चापागाँई रहेका छन् । ‘भाग सानि भाग’ फिल्ममा सबिन श्रेष्ठ, केकि अधिकारी,सरोज खनाल,जीबन लुईटेल,रमेश उप्रेति लगाएतका कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै फिल्ममा कबिराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।
bhag-saani-bhag2nd
बलिउड फिल्म ‘कपुर एण्ड सन्स’ पनि यसै साताबाट नेपाली दर्शकमाझ प्रदर्शनमा आएको छ । ‘कपुर एण्ड सन्स’ फिल्मलाई शकुन बत्राले निर्देशन गरेका हुन् । त्यस्तै फिल्मलाई यश जोहर,करण जोहर र अपुर्व मेहताले संयुक्त रुपमा निर्माण गरेका छन् । फिल्मलाई फक्स स्टार स्टुडियोले बितरण गरेको हो । शुख,दुःख र इमोशनल कथाबस्तु रहेको ‘कपुर एण्ड सन्स’ फिल्ममा स्टारीङ ऋषि कपूर, सिद्धार्थ माल्होत्र, आलिया भट्ट, फवाद खान,रजत कपुर, रत्न पाठक शाह लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।
456956-kapoor-and-sons

प्रतिक्रिया दिनुहोस्
LIVE TV