
आजदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा सरकारको काम कारबाहीको समीक्षा गर्ने एकीकृत माओवादीको तयारी, कमजोरी भएका विषय सुधार्न आवश्यक ।
एकीकृत नेकपा माओवादीको आजदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा सरकारको काम कारबाहीको समीक्षा हुने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा हिजो बसेको स्थायी समितिको बैठकले विशेष गरी सरकारको कामकारबाहीका बारेमा समीक्षा गर्दै कमजोरी भएका विषय सुधार गर्दै जनताको पक्षका काम गर्न हदैसम्म प्रयत्न गर्ने निष्कर्ष निकालेको छ । यस्तै सरकार सञ्चालनमा समन्वयकारी भूमिका निर्वाह गर्न नसकेको र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीले समेत जनताको पक्षका काम गर्न नसकेको जनाई स्थायी समिति सदस्यले आलोचना गरा छन् ।
बैठकमा प्रदेश इन्चार्ज एवम् सचिवले आआफ्नो प्रदेशका बारेमा प्रतिवेदन पेस गरेका छन् । दाहाल र सरकारमा सहभागी मन्त्रीको कार्यव्यस्तताका कारण बैठक आज पुनः बस्न लागेको हो ।