५ चैत्र २०७२, शुक्रबार

१. सार्कको ३७ औं परराष्ट्रमन्त्रीस्तरिय बैठक पोखरामा सम्पन्न, सार्कको १९ औं शिखर सम्मेलन आगामी नोभेम्वरमा पाकिस्तानमा हुने ।

२. प्रधानमन्त्री ओलीको आसन्न चीन आसन्न भ्रमणलाई उपलब्धिमूलक बनाउने सरकारको निर्णय, भ्रमण फलदायी बनाउन थप गृहकार्य गरिने ।
३ शिक्षा मन्त्रालयको निर्देशिका नमान्ने विद्यालयको अनुमति रद्द गरिदँै, निजी विद्यालयले दुई तिहाई अभिभावकले स्वीकृत गरेपछि मात्रै शुल्क निर्धारण गर्नुपर्ने ।
४. इटहरी गोल्डकपको उपाधिका लागि फ्यान्स क्लव भुटान र काकडभिट्टा क्लव भिड्ने, चर्च ब्वाइज काठमाडौंलाई २–१ ले हराउँदै काँकडभिट्टा फाइनलमा ।
५. र, युरोपको सानो देश डेनमार्क विश्वकै सबैभन्दा खुसी नागरिकहरु बस्ने मुलुकको रुपमा घोषणा, वल्र्ड ह्याप्पिनेस इन्डेक्समा नेपाल १०७ औं स्थानमा ।

LIVE TV