५ चैत्र २०७२, शुक्रबार

काठमाडौं । सिंगल इन्जिन जहाजमाथिको प्रतिबन्धसँगै मुलुकका दुर्गम क्षेत्रका बासिन्दाले मूल्यवृद्धिको सामना गर्नुपर्ने देखिएको छ ।

सिंगल इन्जिन जहाजमार्फत् दुर्गम क्षेत्रमा खाद्यान्न र अन्य उपभोग्य बस्तु ढुवानी गरिँदै आएकोमा हेलिकोप्टरको सहयोग लिनुपरेपछि मूल्यवृद्धि हुने भएको कारोबार दैनिकमा समाचार छ ।

heli

सिंगल इन्जिन जहाजले हेलिकोप्टरको तुलनामा आधा सस्तोमा कर्णाली र सुदूरपश्चिमका धेरै जिल्लामा सामान ढुवानी  गर्दै आएका थिए । सिंगल इन्जिन जहाजमाथिको प्रतिबन्धपछि हेृलिकोप्टरबाटै ढुवानी गर्नुपर्ने बाध्यता छ ।

सरकारले एयर काष्ठमण्डपको जहाज दुर्घटनापछि सिंगल इन्जिनयुक्त जहाज भित्राउन प्रतिबन्ध लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV