५ चैत्र २०७२, शुक्रबार

 

काठमाडौं । नक्कली चिकित्सक खोज्ने क्रममा २३ फागुनमा धनुषाका प्रदीपकुमार गुप्ता पक्राउ परे । चिकित्सकको लाइसेन्सको परीक्षा दिन काठमाडौं आएकाबेला उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

नयाँ पत्रिका दैनिक लेख्छ- ‘कुन-कुन अस्पतालमा काम गर्‍यौ ?’ प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले सोधपुछ गर्दा मण्डलले भने, ‘कहाँ काम गर्नु हजुर, गाउँमा ट्याक्टर चलाउँदै आएको छु ।’

Pradip-Kumar-Gupta-Dhanusha

लाइसेन्स परीक्षामा फेल भएपछि धनुषामा ट्याक्टर चलाएर बस्नु परेको उनले बताएका छन् ।

६ वर्षअघि चीनबाट एमबीबीएस पढेर आएका गुप्ता पटक पटक लाइसेन्स परीक्षा दिँदा पनि सफल हुन सकेनन् ।

एबीबीएस पढ्न आइएस्सीको नक्कली सर्टिफिकेट बनाएको आरोपमा सिआइबीले उनलाई पक्राउ गरेको हो ।

सिआइबीले पक्राउ गरेका १५ नक्कली डाक्टरमध्ये उनी पनि एक हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV