४ चैत्र २०७२, बिहीबार

 

प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाका जनताको प्रगति, समृद्धि र कल्याणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का आदर्श, सिद्धान्त र उद्देश्यप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको दोहो¥याउनुभएको छ ।

सार्क मन्त्रिपरिषद्को ३७औँ बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले दक्षिण एसियाली पहिचान र यस क्षेत्रका जनताको उन्नयनलाई केन्द्रमा राखेर सार्कको जीवन्त भावनालाई अक्षुण्ण राख्न सबै सदस्य मुलुकलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले दक्षिण एसियाको सफलता, यसको समुज्वल भविष्यका निम्ति बिलम्ब गर्ने बेला छैन भन्दै अब आर्थिक विकासका सम्भावनालाई अघि बढाउन सामूहिक रुपमा काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले भन्नुभयो – ‘‘विश्व मामिलामा अग्रपङ्क्तिमा रहेर दक्षिण एसियाले नेतृत्व गर्नुपर्छ ।’’

विश्वले दक्षिण एसियाको सामथ्र्य र सम्भावना, हाम्रा प्रयास र आकाङ्क्षालाई उत्सुकताका साथ निरन्तर नियालिरहेको चर्चा गर्दै प्रधानमन्त्रीले यस भेगको गरिमाका निम्ति दृढताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

rss 1

उहाँले भन्नुभयो – ‘‘स्रोत र साधनले भरिपूर्ण भएर पनि चौतर्फी विकासमा दक्षिण एसिया पछि परेको छ । यस क्षेत्रको विकास प्रगति उत्साहजनक छैन । दिगो विकासको प्रचुर सम्भावना रहेको यस भेगलाई आधुनिक प्रविधिको उपयोग गर्दै विश्वको आर्थिक केन्द्र बनाउन सकिन्छ ।’’

युवा वर्गमा लगानी नगरी सफलता हासिल हुन नसक्ने विचार व्यक्त गर्दै प्रधानमन्त्रीले उनीहरुलाई रोजगारीको अवसर प्रदान गर्न पारस्परिक सहकार्य र सहयोग अपरिहार्य भएको बताउनुभयो । युवा वर्गको साहसको अधिकतम उपयोग गर्नुपर्ने र उनीहरुको ऊर्जालाई स्वदेशमा नै स्थान दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ भन्नुभयो ।

‘‘सार्क वडापत्रले जनतालाई क्षेत्रीय सहयोगको केन्द्रमा राखेको छ, यसले जनता केन्द्रित क्षेत्रीय कार्यक्रमलाई परिकल्पना गरेको छ । जनताको जीवनस्तर स्तरीय नबनाएसम्म सार्कलाई सफल मान्न सकिँदैन’’ – उहाँले भन्नुभयो ।

गरिब, पछाडि परेका वर्गको उत्थानलाई प्राथमितामा राखेर सार्कले काम गर्नुपर्नेमा जोड दिँदै उहाँले महिला, बालबालिकाले सुरक्षित स्वतन्त्र र सम्मानका साथ निर्भयपूर्वक जीवनयापन गर्न पाउनुपर्ने बताउनुभयो ।

भूमण्डलीकरणको वर्तमान युग र त्यसले ल्याएको अकल्पनीय परिस्थितिमा दक्षिण एसिया दर्शकमात्र बनेर रहन नसक्ने बताउँदै प्रधानमन्त्रीले सार्कलाई अग्रगामी सङ्गठनका रुपमा सवल तुल्याउन पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो – ‘‘हामीले हाम्रा सहयोग र सहकार्यलाई सुदृढ पार्नुपर्छ र साझा लक्ष्य लिएका अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय सङ्गठनहरुसँगको अन्तक्र्रियालाई अझ घनीभूत बनाउनुपर्छ ।’’

दृष्टिकोण र प्रतिबद्धताबीच तालमेल कायम गर्दै प्रतिबद्धतालाई कार्यान्वयन गर्ने बेला आएको भन्दै उहाँले अब निर्णायक कार्यान्वयन नै अहिलेको आवश्यकता हो भन्नुभयो ।

समृद्ध दक्षिण एसिया निर्माणको सपना साकार पार्न आर्थिक समृद्धिको मार्गमा अग्रसर हुनैपर्ने विचार व्यक्त गर्दै उहाँले व्यापारबाट नै समृद्धिको मार्ग प्रशस्त गर्ने भएकाले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र र दक्षिण एसियाली सेवा व्यापार प्रणालीको कार्यान्वयनमा जोड दिनुभयो ।

सार्कका उद्देश्य र सिद्धान्तअनुरुप सदस्य मुलुकबीच सहयोग प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उहाँले विश्वकै आर्थिक केन्द्र बन्ने सम्भावनायुक्त दक्षिण एसियालाई गरिबी, असमानता, पछौटेपन, आतङ्कवादजस्ता शत्रुलाई परास्त गर्नुपर्ने बताउनुभयो ।

‘‘गरिबी र पछौटेपनलाई अन्त्य गर्ने हामीसँग सामथ्र्य र स्रोत छ, त्यसका निम्ति अबको हाम्रो आवश्यकता उच्चस्तरमा राजनीतिक दृढ इच्छाशक्ति, दिगो सहकार्य र सहयोग नै हो’’ – उहाँले भन्नुभयो ।

सदस्य मुलुकबीचको समझदारी, लचिलोपन र सहयोगले नै सकारात्मक वातावरण बनाउने र त्यसबाट अर्थपूर्ण सहायता, परस्परमा गाढा सम्बन्ध विस्तार र संस्थागत विकास गर्न सकिने विचार व्यक्त गर्दै प्रधानमन्त्रीले स्रोत र साधनको लगानी अर्थतन्त्रका मुख्य क्षेत्रमा गर्नुपर्नेमा जोड दिनु भयो ।

क्षेत्रीय सहयोगलाई सवल एवम् सुदृढ तुल्याउन सदस्य मुलुकबीचको सम्पर्क विस्तार, सूचना तथा सञ्चार प्रविधि, ज्ञान, साहित्य र कलाजस्ता विविध माध्यमबाट अझ प्रभावकारी बनाउन सकिने बताउँदै उहाँले त्यसबाट व्यापार तथा लगानी, पर्यटन, वित्त र ऊर्जा क्षेत्रमा अर्थपूर्ण सहयोग प्रवद्र्धन गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘‘पारस्परिक सम्पर्क विस्तार र सहयोग, विलासिताका वस्तु होइनन् ।’’

भैँचालो, बाढीजस्ता प्राकृतिक विपत्तिबाट दक्षिण एसियाले ठूलो क्षति व्यहोर्नुपरेको बताउँदै उहाँले जलवायु परिवर्तका प्रतिकूल प्रभावले पनि यस क्षेत्रलाई आक्रान्त तुल्याएको स्मरण गराउनुभयो ।

भूकम्प र बाढीजस्ता विपत्तिको सामना गर्न साझा प्रतिबद्धता र सहकार्यको खाँचो औँल्याउँदै उहाँले त्यसबाटै दैवी विपत्तिसम्बन्धी पूर्व तयारी, जलवायु परिवर्तका दुष्प्रभाव घटाउन सकिने बताउनुभयो ।

नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउँदै प्रधानमन्त्रीले जनताबाट निर्वाचित संविधानसभाले संविधान जारी गरेको र त्यसले नेपाललाई नयाँ युगमा पदार्पण गराएको बताउनुभयो ।

उहाँले समावेशी सरकार, लोकतान्त्रिक बहुलवाद, विधिको शासन, मानवअधिकारलगायत विषय समावेश भएको संविधान नेपालका बहुजातिको भावनाअनुरुप रहेको उल्लेख गर्नुभयो ।

संविधान जारी र त्यसमा गरिएको पहिलो संशोधनले शान्ति प्रक्रिया र राजनीतिक सङ्क्रमणलाई अन्त्य गरेको जानकारी दिँदै उहाँले संविधान प्राप्तिको नेपालको राष्ट्रिय उद्देश्यप्रति सार्क सदस्य मुलुकले प्रकट गरेको सहयोग ऐक्यबद्धताप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकारको पहिलो प्राथमिकता नेपालको सामाजिक र आर्थिक रुपान्तरण हो भन्दै शान्त, समृद्ध र लोकतान्त्रिक नेपाल दक्षिण एसियाको हितमा रहेको बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV