–विमल नेपाल
एक साइबर क्याविन भित्रको कुरा हो । क्याविन त के भन्नु ? काठको बारले कम्युटर छेकेको छ । अरु सबै उदाङ्गो । एउटा समाचार टाईप र सेन्ड गर्न गएको थिएँ, म । चिने जानेकै साईबर भएकाले सिधै छिरें, क्याविन जस्तैमा । भिडियो च्याटमा मस्त रहिछन् एक युवती । युवती भन्दा पनि प्रौढ भनौ न ! कुर्तासलवार लगाएकी, बढिमा दुई बच्चाकी आमा हुनुपर्छ । ज्यान छरितै छ । मेकअपले भए पनि एक खाले सौन्दर्य जीवित राख्न सक्नु उसको खुवी हुन सक्छ । लोभ लाग्दी नै हो । मिलाएर बुझौं न ।
भिडियो च्याट क्लाईमेक्समा पुगिसकेको रहेछ । टाउकोवाट घुमाएर दुवै कानमा हेडसेट लगाएकी । बेभ क्यामको सिधा अगाडि अनुहार होईन, छात्ति थियो । कन्डक्टरलाई भाडा दिने बेला जस्तो बेलाबेला हात कुर्ता भित्र छिराउँथी । कुरा त के के भयो मैले सुनिंन । हेर्न पनि असहज लाग्यो । तै पनि चोरीचोरी थोरै थोरै हेरेको मात्रै हो । फेरि उसको देखिने डरले मात्रै म भाग्ने कुरा पनि त भएन । अझ साईबरमा आएर त्यो नाटक किन गरेकी हो । त्यस्ताले त ल्यपटप किनेर कोठामै मस्ती गर्नु पर्छ नि ! मनमनै ठानें ।
कम्युटर अन भएर फेसबुक लग ईन् गर्नै लाग्दा त्यो आईमाई जुरुक्क उठी । र वेभ क्यामको ठीक अगाडि भुडी पारेर, कुर्ता उचाली । खै उताको मान्छेले के देख्यो ? वा के देखाउँदै थियो । मलाई भने असैह्य भयो । कतै लाज पचेको त भईन ? भन्ने पनि लाग्यो । तर, मलाई जसरी पनि समाचार पठाउनु थियो । त्यो भेगमा निर्बिकल्प त्यहीं एउटा साईबर थियो । फेसबुक लग ईन गरेर वर्ड खोलें । समाचार शिर्षक लेखें । ‘कांग्रेस विकास विरोधी हुनै सक्दैन ः नेता महत’ । म समाचार लिडको तनाबमा थिएँ । त्यो आईमाई जिब्रो निकालेर मनिटर चाड्दै थिईं । बहुत असहज अनुभूत भो । बाहिर निस्कन वा बहानामा अलिक बेर त्याँंहीं वस्न मन नलागेको होईन । दुई मध्ये के गर्ने तत्काल निचोड निकाल्न सकिंन । तनाबकैबीचमा समाचारको फस्ट लिड लेखे पनि सेकेण्ड लिड लेख्न सकिंन ।… त्यो आईमाईको कारणले । लाज पचेकी आईमाई ।
एकपल्ट पुलुक्क मलाई हेरी । आँखा जुध्यो । उसलाई कस्तो भयो थाहा छैन, मलाई छाँगावाट खसे जस्तै भयो । अनुहार रातो र झर्झराउँदो । उसको मुखभरी पानी भरिएको थियो होला । कामुक आँखा र भावलाई एकतर्फी बाङ्गो पारेर मुस्कान जस्तै मुख चत्याँईं । लाजपचेक मुख होईन यौन अनुरोधसहितको । भनौंन, सेक्सी मुस्कान । हुन पनि हो, ऊ च्याटमा सेक्स तिर्सना मेटाईरहिछे । एक जवान पुरुष छेवैमा छ । मलाई धेरै जोगिएर पनि किन लेख्नु प¥यो र ! मलाई पनि एक किसिमको बेग्लै चाह नजागेको होईन । तर, मैले मलाई नियन्त्रण गर्नुको विकल्प थिएन । मलाई सेकेण्ड लिड फुरेन । पेसबुकतिरै टहलिएँ ।
एक्कासी प्रसङग बदलियो, उनीहरुको च्याटको ।
मैले पत्ता लगाएका तथ्यहरुः
–बुढो विदेश गा’को तीन बर्ष भ’छ, त्यो आईमाईको ।
–आधा काठमाण्डौ, आधा गाउँमा वस्दीर’छे ।
–घरमा सासु÷ससुरालाई फुटेको आँखाले पनि हेर्न सक्दिरहिन्’छे ।
–बच्चा भएको रईन्छ ।
–बुढो अझै दुई बर्ष स्वदेश नफर्कने खतरा र’छ
यस्ता यस्तै थुप्रै गुह्य तथ्यहरु सार्वजनिक गरी, त्यो आईमाईले । काम त छिन्नै प¥यो ठानेर म पुनः समाचारकै ध्यानमा तानिएँ ।
‘घट्ट चलाउन विजुलीको विरोध गर्नेलाई गाउँ निकाला गर्नपर्छ भन्दै कार्कीले जलविद्युत नै देश विकासको मूल आधार भएकोमा जोड दिए ।’
फेरि, त्यो च्याट माहोलले मलाई तान्यो । त्यो आईमाई त ‘फिंजैफिंज’ भए जस्तो लाग्यो । भन्दै थि, ‘मान्छे छ क्या ।’ अब त्यो आईमाईलाई म धेर भएछु ठानें । बस्न सक्ने स्थिति नै भएन । अपूर्ण समाचार ‘मेल’ गर्न ‘जीमेल’ खोलें । जति हतार गरे पनि एकछिन त लागि नै हाल्छ । ‘साईन ईन’, फोटो र ‘न्यूज’ एटेच्ड, फेसबुक र ‘जीमेल साईन आउट’ । नहेरौं भन्दा भन्दै फेरि आँखा त्यहीं पुगेछ । उसको हात कुर्ताको सलले छोपेर सुरुवाल भित्र थियो । कपालले मुहार छोपेकी थी । त्यति नै बेला फेरि मलाई फोन आयो । जीवनले गरेको रहेछ । सोध्यो, ‘तिम्रो एनसेल नंम्बर कति हो ?’ मैले दिंएँ, ‘९८१३८०५१२६’ हतार हतार काम सकेर उठें । निस्कनै लाग्दा उसको कम्युटरको स्क्रिनमा हेर्न मन लाग्यो । देखें, एउटा निर्वस्त्र पुरुषको कम्बरमुनीको भाग । आफैं लजाएर निस्किंएँ । राम्रोसँग बाहिरिन पाएको छैन, हतार हतार आएर साईबरको ढोकाको चुकुल लगाई । बाहिर हाँसोको फोहोरा छुट्यो । कुरा बुझियो, त्यो आईमाई सातामा दुई पटक त्यहीं साईबमा आएर सेक्सी भिडियो च्याटमा मस्ती गर्दिरहिछ । बरु पैसा जति पनि ‘पेड’ गर्न तयार । तर, उसलाई च्याट गर्दा ढोका लगाउनै पर्ने रहेछ । साईबरको साथीले पनि मलाई पत्रकार भनेर मात्रै ‘ईन्ट्रि’ गराएको रहेछ ।
केही दिन पछि मेरो मोबाईलमा फोन आयो, राती । केटीको स्वर । मख्खै परेर गफ लडाएँ । मोबाईलमा एक सात जति चक्कर चल्यो । भेट्ने कुरा भो । काठमाण्डौंको वसन्तपुरमा । भेटियो । त्यो आईमाई र यो आईमाई एउटै रहिछे । भेटेर एक÷एक बोहोतो ‘स्ट्रीट’ मःम खाएर भेटेकोमा खुसी लागेको भन्दै ‘बिजी’ छु भनेर पन्छिएँ । अपमान त गर्नु भएन नि ! तपाँईंको जीवनमा पनि यस्तो परेको छ ? हुन सक्छ, नहुन पनि पनि सक्छ । भए पनि तँपाईंले ढाँट्ने निश्चित छ । तर, यो कथा होईन ।